Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


माटोको ढिस्को खस्दा एकको मृत्यु


52
Shares

उदयपुर । उदयपुरमा नाला खन्ने क्रममा माटोको ढिस्को खस्दा एक जनाको मृत्यु भएको छ ।

बिहीबार साँझ ५ बजे त्रियुगा नगरपालिका–१० बस्ने ५६ बर्षिय झर्क बहादुर सार्कीको सोही ठाउँमा नाला खन्ने क्रममा माटोको ढिस्को खसेर मृत्यु भएको हो ।

शरिरका विभिन्न ठाउँमा चोट लागि घाइते भएका सार्कीलाई जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचार पछि थप उपचारका लागि विराटनगर कोशी अस्पतालमा लगिएकोमा उपचारकै क्रममा राति करिब १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।