माटियोलाई हराउँदै नाडाल अष्ट्रेलियन ओपनको फाइनलमा « Imagekhabar – Online News Portal of Nepal


माटियोलाई हराउँदै नाडाल अष्ट्रेलियन ओपनको फाइनलमा


104
Shares

काठमाडौं । स्पेनिस टेनिस स्टार राफायल नाडाल अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।

इटालीका माटियो बेरेट्टीनीलाई हराउँदै नाडाल उपाधि नजिक पुगेका हुन् । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा नाडालले माटियोलाई ६–३, ६–२, ३–६ र ६–३ को सेटमा पराजित गरेका हुन् ।

अब नाडालले उपाधिका लागि ग्रीसका स्टेफानोस सित्सिपास र रुसका डानिल मेदभेदेबको विजेतासँग खेल्ने छन् ।