१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024


ईमेजकर्मी घिमिरे आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मानित


0
Shares

धनकुटा । इमेज टेलिभिजनका धनकुटा संवाददाता कबिराज घिमिरेलाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

पत्रकारिताको माध्यमबाट धनकुटाको आर्थिक, सामाजिक तथा पछाडि परेको समुदाय समस्या उजागर गर्दै महत्वपूर्ण भूमिका खेलेको भन्दै घिमिरेलाई जनज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सम्मान पत्र सहित नगद ५ हजार रुपैयाँको पुरस्कार प्रदान गरेको हो ।

सहकारीको सातौँ वार्षिक साधारणसभाको अवसरमा घिमिरेलाई पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । २०६९ सालमा धनकुटामा स्थापना भएको सहकारीले हरेक वर्ष धनकुटामा रहेर आर्थिक र सामाजिक क्षेत्रमा योगदान गर्ने पत्रकारलाई पुरस्कार प्रदान गदै आएको छ ।

यो वर्ष घिमिरे सहित धनकुटाका अर्का सञ्चारकर्मी इस्वर थापालाइ पनि सम्मान तथा पुरस्कृत गरेको छ । साधारण सभाले अध्यक्षको बार्षिक प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन, अनुमानित बजेट तथा कार्यक्रम लगायतका विभिन्न निर्णयहरु पारित गरेको छ ।

शनिबार सम्पन्न साधारणसभामा प्रदेशसभा सदस्य आरसि तुम्बाले सहकारीको बारेका प्रदेश सरकारले सहकारी मैत्री ऐन बनाउन लागेको बताए ।

सहकारीले आर्थिक वर्ष २०७५/०७६ मा संस्थाको शेयर पूँजी तर्फ १२ लाख ८३ हजार एक सय रहेको छ संस्थाले १ करोड ६४ हजार निक्षेप संकलन गरेको छ ।