Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


संसदको सर्वोच्चता स्थापना गर्ने पक्षमा छौं : अध्यक्ष दाहाल


0
Shares

बारा । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले संसदको सर्वोच्चता स्थापनाका लागि संसदीय सुनुवाई समितिलाई विशेष महत्व दिइएको बताएका छन् ।

बाराको सिमरामा पत्रकारहरुसँग प्रधान न्यायाधीश नियुक्ति विवादबारेमा उनले संसदको सर्वोच्चता स्थापना गर्न पहिलोपटक संसदीय सुनुवाइलाई विशेष महत्व दिइएको बताए ।

प्रस्तावित प्रधानन्यायाधीशको अस्वीकृतिले संसदीय सुनुवाई समितिमा परेका उजुरीको निष्पक्ष छानबीन हुन पाउनुपर्ने मान्यता स्थापित गरेको उनको भनाइ थियो ।

सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रबारे पनि संसदीय सुनुवाई समितिले टुंगो लगाउने उनको भनाइ थियो ।

उनले भदौ ५ गतेभित्र पार्टी कमिटीहरु एक भइसक्ने पनि बताए ।