२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


संघीयता सफल बनाउने जिम्मेवारी प्रदेश–२ सरकारको काँधमा : मुख्यमन्त्री राउत


0
Shares

जनकपुर, फागुन ३ । प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारको असहयोगका बाबजुद संघीयता बचाउन खटिरहेको बताएका छन् ।

प्रदेश सरकारले दुई वर्ष पूरा गरेको अवसरमा जनकपुरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले संघीयता सफल बनाउने जिम्मेवारी प्रदेश–२ सरकारको काँधमा आएको बताए ।

मुख्यमन्त्री राउतले संघीय सरकारको असहयोग र कर्मचारी अभाव हुँदा पनि संघीयतालाई सफल पार्न खटिरहेको दाबी गरे ।

मुख्यमन्त्री राउतले सरकारको दुई वर्षको अवधिमा ‘बेटी पढाऊ, बेटी बचाऊ’, लोकसेवा आयोग गठन गरिएको उल्लेख गरे ।

त्यस्तै, २३ ओटा कानुन निर्माण, स्वच्छता अभियानलगायतका उपलब्धि हासिल गरेको उनको भनाइ थियो ।