जनकपुरमा प्रहरी र सिके राउतका कार्यकर्ताबीच झडप « Imagekhabar – Online News Portal of Nepal
१२ आश्विन २०७९, बुधबार | Wed Sep 28 2022


जनकपुरमा प्रहरी र सिके राउतका कार्यकर्ताबीच झडप


2.431k
Shares

काठमाडौं/जनकपुर । जनकपुरमा प्रहरी र सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुबीच झडप भएको छ ।

राष्ट्रिय सभा निर्वाचनको मतदान स्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको छ ।

स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको हो । प्रहरीले बल प्रयोग गरेसँगै प्रदर्शनकारी मतदान स्थलबाट तितरबितर भएका छन् । तर, उनीहरुले जनकपुरधामका विभिन्न ठाउँमा प्रदर्शन जारी राखेका छन् ।

यसअघि आज बिहानैदेखि सो पार्टीका कार्यकर्ताले जनकपुरका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् ।

मतदानको तयारी भइरहेको बेला उनीहरुले रामानन्द चोक र भानु चोकमा केहीबेर प्रदर्शन गरेका हुन् । उनीहरुले ‘पहिले मलखाद देऊ, अनि भोट खसाऊ’ भन्दै नारा लगाएका थिए ।

प्रहरी देखेपछि उनीहरु भागेको धनुषाका प्रहरी प्रमुख एसपी बसन्त रजौरेले जानकारी दिनुभयो ।