 
	    काठमाडौं । अफ्रिकी मुलुक बुर्किना फासोमा सेनाले शासन सत्ता हातमा लिएको दावी गरेको छ ।
बुर्किना फासोका राष्ट्रपति रोज काबोरेलाई अपदस्थ गरी सत्ता कब्जा गरेको सेनाको दावी छ । सेनाका एक उच्च अधिकारीले टेलिभिजनमार्फत सन्देश दिँदै देशको सुरक्षा अवस्था बिग्रंदै गएको भन्दै सत्ता लिएको जनाएको हो ।
बुर्किना फासोमा पछिल्लो समय इस्लामबादी विद्रोहीलाई संरक्षण दिएको आरोप लगाउँदै देशमा अशान्ति सिर्जना गरेको सेनाको दाबी छ । यद्दपी राष्ट्रपति रोज पक्राउ परे वा सुरक्षित स्थानमा छ भन्ने बारेमा कुनै स्पष्ट पारिएको छैन ।
राष्ट्रपतिले देशको सुरक्षा संकटसँग जुध्न पूरै असफल भएको र राष्ट्रलाई एकताबद्ध गर्न भूमिका निर्वाह नगरेको आरोप लगाउँदै अब राष्ट्रको हितका लागि सेनाले थप कदम चाल्ने   दावी  समेत गरेको छ ।
सेनाले सत्ता हातमा लिनु अघि राजधानी ओउगाडौगुमामा रहेको केही ब्यारेकहरु कब्जा गर्दा बन्दुकको आवाज सुनिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
बुर्किना फासोमा सन् २०१५ मा सेनाले कुको प्रयास गर्दा विद्रोह गरेका सेनाहरु राखिएको उक्त ब्यारेक कब्जा गर्दै सेनाले सत्ता हत्याएको समाचारमा जनाइएको छ । बुर्किना फासोका सत्तारुढ पीपुल्स मुभमेन्ट फर प्रोग्रस पार्टीले भने सेनाले राष्ट्रपतिका विषयमा र केही मन्त्रीहरुको हत्या प्रयास गरेको दावी गरिरहँदा सेनाले भने सो दावीको खण्डन गरेको छ ।
यता सेनाको विरुद्धमा रहेका विद्रोही सेनाहरुले भने बर्तमान सेना प्रमुखलाई बर्खास्त गर्न इस्लामिक अतिवादी समुह अलकायदाका लडाकुसँग गुहार मागेको बुझिएको छ ।
राष्ट्रपति काबोरे सन् २०१५ मा बुर्किना फासोको राष्ट्रपति बन्नु भएको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्