Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


दाहालले मानसिक सन्तुलन गुमाएको सुजाताको आरोप (भिडियो)


0
Shares

नरेन्द्र मानन्धर र रक्षा बज्राचार्य (इमेज)

काठमाडौं, फागुन २ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल बेला–बेलामा आफ्नै अभिव्यक्तिको पासोमा पर्ने गर्छन् ।

बिहीबार ‘जनयुद्ध दिवस’ मनाउनेक्रममा दाहालले युद्धकालमा कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले विद्रोही माओवादीलाई ठूल्ठूला आक्रमण गर्न र सदरमुकाम हमला गर्न आग्रह गर्ने गरेको बताए ।

उक्त अभिव्यक्तिको कांग्रेसले खण्डनमात्रै गरेको छैन, दाहालको बोलीमाथि नै प्रश्न उठाएको छ ।

२५औं जनयुद्ध दिवसका दिन बिहीबार नेकपाको मुख्यालय धुम्बाराहीमा भएको कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले ठूल्ठूला फौजी आक्रमणका विषयमा दिएको अभिव्यक्तिलाई लिएर नेपाली कांग्रेसले आपत्ति जनाइसकेको छ ।

दाहालले तत्कालीन राजाको निरंकुशता अन्त्यका लागि ठूला फौजी हमला गर्न आफूलाई कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले अनुरोध गरेको भन्दै विचित्रको परिस्थितिको बलमा राजतन्त्र ढालेर गणतन्त्र स्थापना गर्न सफल भएको बताएका थिए ।

दाहालले दिएको यो विवादास्पद अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेपाली कांग्रेसले स्व. कोइरालाको भूमिकालाई अर्थहीन ढंगले प्रस्तुत नगर्न दाहाललाई स्मरण गराइसकेको छ ।

स्व. कोइरालाकी छोरीसमेत रहेकी कांग्रेस नेतृ सुजाता कोइरालाले तत्कालीन विद्रोही नेता दाहालको अभिव्यक्तिमा विचलन मिसिएको र अपरिपक्व नेता भएको प्रतिक्रिया दिइन् ।

कांग्रेस नेतृ कोइरालाले तत्कालीन विद्रोही नेता दाहालको पृष्ठभूमि, राजनीतिक चरित्र र अभिव्यक्ति तत्कालीन एमालेका लागिसमेत महँगो सावित हुँदै गएको टिप्पणी गरिन् ।

नेपाली कांग्रेसले माओवादीको नेतृत्वमा भएको हिंसात्मक विद्रोहको शान्तिपूर्ण अवतरण गराउन निर्णायक पहल गर्ने स्व. गिरिजाप्रसाद कोइरालाको जिम्मेवार र परिपक्व भूमिकालाई अर्थहीन ढंगले विवादित बनाउने अराजनीतिक र आपत्तिजनक प्रयत्न दाहालले गरिरहेको भन्दै ऐतिहासिक तथ्यलाई तोडमोड नगर्नसमेत सचेत पारेको छ ।

हिंसाको राजनीतिलाई सुरक्षित अवतरण गराउन संयोजन र नेतृत्व गर्ने नेताले हिंसात्मक आक्रमणका लागि प्रेरित गरेको भन्ने विरोधाभाषपूर्ण अभिव्यक्ति सच्याउन पनि कांग्रेसले दाहाललाई सुझाएको छ ।

भिडियो हेर्नुहोस्

Skip This