युक्रेनमा रुसमाथि तत्काल प्रतिबन्ध लगाउने आह्वान अमेरिकाद्वारा अस्वीकार « Imagekhabar – Online News Portal of Nepal
१२ आश्विन २०७९, बुधबार | Wed Sep 28 2022


युक्रेनमा रुसमाथि तत्काल प्रतिबन्ध लगाउने आह्वान अमेरिकाद्वारा अस्वीकार


12.519k
Shares

काठमाडौं । युक्रेनमा रुसमाथि तत्काल प्रतिबन्ध लगाउने आह्वानलाई अमेरिकाले अस्वीकार गरेको छ ।

अमेरिकाका विदेश सचिव एन्टोनी ब्लिन्केनले रुसमाथि तत्कालै आर्थिक प्रतिबन्ध लगाउने प्रस्ताव अस्वीकार गर्नुभएको हो ।

अमेरिकाको निर्णयले युक्रेनविरुद्धको सम्भावित रुसी आक्रमण रोक्न पश्चिमा मुलुकहरुको क्षमतामा कमी आउने उहाँको दावी छ । रुसले युक्रेनमा आक्रमण गर्ने योजना बनाएको भन्दै अन्य शक्तिशाली मुलुकहरुले चिन्ता गरेका छन् । रुसले युक्रेनमा आक्रमण गरे उसमाथि आर्थिक प्रतिबन्ध लगाउने तयारी गरेको ती मुलुकहरुले बताउँदै आएका छन् । तर मस्कोले भने युक्रेनमा तत्कालै आक्रमण गर्ने कुनै योजना नबनाएको बताएको छ ।

यता युक्रेनमा रहेका विभिन्न कुटनीतिक नियोगका अधिकांश कर्मचारीलाई स्वदेश फिर्त बोलाइएको छ । रुससँगको टकरावका कारण जुनसुकै बेला आक्रमण हुन सक्ने भन्दै कुटनीतिक नियोगकहरुले सीमित कर्मचारी मात्र त्यहाँ राखेको बीबीसीले उल्लेख गरेको छ ।