
काठमाडौं । ‘फादर अफ माइन्डफुलनेस’को रूपमा चिनिएका विश्व प्रसिद्ध भियतनामी बौद्ध भिक्षु थिच न्हाट हानको निधन भएको छ।
९५ वर्षको उमेरमा शनिबार भियतनामको ह्युमा रहेको तु हिउ मन्दिरमा उहाँको शान्तिपूर्वक निधन भएको जेन बौद्ध शिक्षण संस्था, इन्टरनेशनल प्लम भिलेज कम्युनिटीले जनाएको छ।
जेन बौद्ध भिक्षु, कवि र शान्ति अभियन्ता हान, सन् १९६० मा भियतनाम युद्धको विरोधी बनेर आध्यात्मिक यात्राबाट शान्तिको महाअभियानमा लाग्नुभएको थियो ।
उहाँले इंगेज्ड बुद्धिज्मको अवधारणा मार्फत बुद्ध धर्मको प्रचार गर्नुभएको थियो ।
पश्चिमा मुलुकमा अग्रगामीको रूपमा बुद्ध धर्मको फैलाउनु भएका उहाँले फ्रान्समा ूप्लम गाउूँ गुम्बा स्थापना गरेर माइन्डफुलनेसको ध्यान अभ्यासलाई विश्वमा फैलाउन योगदान गर्नु भएको थियो ।
सन् २०१४ मा उहाँलाई स्ट्रोक भए पछि बोल्न असमर्थ भएको थियो ।
आफ्नो जीवनको धेरैजसो समय निर्वासनमा बिताएपछि जन्मस्थल ह्युको मध्य शहरमा आफ्नो अन्तिम दिनहरू बिताउन उहाँ भियतनाम फर्कनुभएको थियो। उहाँको निधनले विश्व बौद्ध जगतमा अपुरणीय क्षति भएको उहाँका अनुयायीहरूले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्