Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


राजपा सरकारमा जाने चर्चा


0
Shares

रोमन आचार्य र विनोद बजगाइँ (इमेज)

काठमाडौं, फागुन १ । समाजवादी पार्टी सत्ताबाट बाहिरिएपछि वर्तमान सरकारसँग नजिकिएको राष्ट्रिय जनता पार्टी सरकारमा जाने चर्चा भइरहेको छ ।

संघीय संसदको उपसभामुख पाए तत्काल सरकारमा जाने कित्तामा बहुसंख्यक नेता रहेका छन् ।

यद्यपि, संविधान संशोधनलगायतका मुद्दाको सम्बोधन नभएसम्म सरकारमा जानु हुँदैन भन्न पनि राजपा नेतृत्वले छाडेको छैन ।

टीकापुर घटनाका मुख्य आरोप सांसद रेशम चौधरीलाई गत फागुनमा जेल सजाय तोक्ने अदालतको फैसलापछि केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको राजाप समाजवादी पार्टी सरकारबाट बाहिरिएलगत्तै सत्तारुढ नेकपासँग निकट बन्न पुगेको हो ।

यहीबीचमा अध्यक्षमण्डलका सदस्यसहितका केही नेता भारत भ्रमण गएकाले पनि राजपा सरकारमा जाने चर्चा बढेको हो ।

तर, राजपा तत्काल सरकारमा गए उसका लागि महँगो पर्नसक्ने बताउँछन्, राजनीतिक विश्लेषक देवेश झा ।

राष्ट्रियसभा निर्वाचनमा नेकपासँगको गठबन्धनबाट दुई सिट सुरक्षित गरेको राजपाले उपसभामुख पदको दाबीलाई संविधानसम्मत् भन्ने गरेको छ ।

केन्द्र सरकारमा नेकपा–राजपा निकटताले २ नम्बर प्रदेश सरकारको समीकरण पनि बदलिन सक्ने आँकलन गरिएको छ ।

विश्लेषक झा २ नम्बर प्रदेशमा सरकार परिवर्तनको अवस्था नरहे नेकपाले केन्द्रीय राजनीतिमा राजपालाई साथ नलिने जिकिर गर्छन् ।

राजपा महासचिव केशव झा भने सरकारमा जाने पार्टीको चाहना भएपनि पहिले आफूहरुले उठाएका मागहरुको सम्बोधन हुनुपर्ने अडान राख्न पनि छोड्दैनन् ।

संविधान संशोधनको एजेण्डा उठाएर पहिलो चरणमा स्थानीय तहको चुनाव बहिस्कार गरेको राजपा २ नम्बर प्रदेशको सत्ता–साझेदारीमा छ ।

राजनीतिक एजेण्डाहरुलाई थाती राखेर अहिले केन्द्रीय सरकारमा सामेल हुने उसको दाउ रहेकोमा शंका छैन ।

भिडियो हेर्नुहोस्