साविक विजेता अल्जेरिया समुह चरणबाटै बाहिरियो « Imagekhabar – Online News Portal of Nepal
१७ आश्विन २०७९, सोमबार | Tue Oct 4 2022


साविक विजेता अल्जेरिया समुह चरणबाटै बाहिरियो


442
Shares

काठमाडौं । साविक विजेता अल्जेरिया अफ्रिका कपअफ नेशन्स फुटबलको समुह चरणबाटै बाहिरिएको छ ।

गएराति भएको खेलमा उपाधि दावेदार आइभोरी कोष्टसँग ३–१ गोल अन्तरले पराजित भएपछि अल्जेरियाको यात्रामा पूर्णविराम लागेको हो । जितसँगै आइभोरि कोष्ट समुहका तीन खेलबाट ७ अंक जोड्दै समुह विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको छ । ६ अंकसहित दोस्रो स्थानमा आएको इक्वेटोरियल गिनी पनि नकआउट चरणमा प्रवेश गरेको छ ।

गएराति इक्वेटोरियल गिनीले सिएरा लियोनमाथि १–० को जित निकालेको छ । उता समुह एफबाट शिर्ष स्थानको माली र दोस्रो स्थानको गाम्बिया अर्को चरणमा उक्लिका छन् । गएरातिका खेलपछि अफ्रिका कप फुटबलको समुह चरणका खेलहरु सकिएका छन् ।

६ समुहबाट शिर्ष दुई स्थानमा रहँदै १२ टोलीले सोझै नकआउट चरणमा प्रवेश गरेका छन् । तेस्रो स्थानमा रहेका ६ टोलीमध्ये उत्कृष्ट ४ टोली केप भर्डे, मलावी, कोमोरस र ट्युनिसिया पनि नक आउट चरणमा पुगेका छन् ।