Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


कर्मचारी संक्रमित भएपछि मकवानपुर प्रशासनले गर्‍यो सेवामा कटौती


104
Shares

हेटौंडा, माघ ६ । कोभिड-१९ (कोरोना)का कारण जिल्ला प्रशासन कार्यालय मकवानपुरले कार्यालयबाट दिंदै आएको सेवालाई कटौती गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले बिहीबार एक सूचना जारी गर्दै कार्यालयबाट हुने सेवालाई केही सिमित गरिएको उल्लेख गरिएको हो ।

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गरैले कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण देखिएकोले संक्रमण रोकथाम, नियन्त्रण तथा ब्यवस्थापनबारे बिहीबार ५ बुँदे आदेशसहितको सूचना जारी गर्दै कार्यालयबाट प्रवाह हुने सेवा कटौती गरेको जानकारी दिनुभएको हो ।

कार्यालयक सूचनामा सेवाग्राहीले खोप कार्ड अनिवार्य लिएर आउनुपर्ने, राहदानीको बायोमेट्रिक गर्न अनिवार्य एप्वाइन्टमेट लिएर मात्र आउने, राष्ट्रिय परिचय पत्र बनाउन, नयाँ नागरिकता प्रतिलिपि नागरिकता लगायतका अन्य सेवाहरु अति आवश्यक भएका प्रमाण भएमा मात्र प्रदान गरिने जनाइएको छ ।