 
	    काठमाडौं, माघ ५ । कोरोना संक्रमित मतदाताले पनि राष्ट्रियसभा निर्वाचनमा भोट हाल्न पाउने भएका छन् ।
निर्वाचन आयोगले १९ बुँदे मापदण्ड स्वीकृत गर्दै कोरोना संक्रमितले पनि भोट हाल्न पाउने गरी व्यवस्था गरेको हो ।
कोरोना संक्रमित भएपनि एकबाट अर्को व्यक्तिलाई नसर्ने गरी भोट हाल्न पाउने व्यवस्था मिलाउने निर्णय भएको आयोगले जनाएको छ । १९ बुँदे मापदण्डमा आयोगले स्वास्थ्य सतर्कताका विषय पनि समावेश गरेको छ । आयोगका अनुसार प्रत्येक मतदान केन्द्रमा स्वास्थ्यकर्मीको टोली खटिनेछ । र मतदान केन्द्रमा प्रवेश गर्ने सबैको तापक्रम जाँचको व्यवस्था मिलाइनेछ । आयोगका अनुसार संक्रमित भएकाहरुलाई भोट हाल्न मतदान केन्द्रमा छुट्टै बाकसको व्यवस्था गरिनेछ ।
राष्ट्रियसभाका १९ सदस्यका लागि यही माघ १२ गते निर्वाचन हुँदैछ । राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने व्यवस्था छ । निर्वाचन आयोगले ७ वटै प्रदेशको प्रदेश राजधानीमा चुनाव हुने गरी मतदान केन्द्र राखेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्