कोरोना परीक्षण शुल्क घट्यो « Imagekhabar – Online News Portal of Nepal


कोरोना परीक्षण शुल्क घट्यो


3.757k
Shares

काठमाडौं । सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ ।

सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरूको निःशुल्क परीक्षण हुनेछ भने अरुका लागि ८०० रुपैयाँ लिइने भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

बुधबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सरकारी अस्पतालहरूमा कोभिडको पीसीआर परीक्षणका लागि ८ सय रुपैयाँ र निजीमा १५ सय रुपैयाँ शुल्क कायम गरिएको जानकारी दिनुभयो ।

यसअघि सरकारी अस्पताल र प्रयोगशालामा कोरोना परीक्षणको १ हजार रुपैयाँ निजी अस्पताल तथा प्रयोगशालामा २ हजार रुपैयाँ थियो ।