मधेश प्रदेश नामकरण आफ्नै पार्टीको एजेन्डा अनुसार भएको प्रचण्डको दावी « Imagekhabar – Online News Portal of Nepal


मधेश प्रदेश नामकरण आफ्नै पार्टीको एजेन्डा अनुसार भएको प्रचण्डको दावी


5.889k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले उठाउँदै आएको पहिचानसहितको संघीयताको मर्मअनुसार नै मधेश प्रदेश नामकरण भएको बताउनु भएको छ ।

प्रचण्डले आज बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत एक बधाई सन्देश दिनुहुँदै आफ्नो पार्टीले उठाउँदै आएको पहिचानसहितको संघीयताको मर्मअनुसार नै प्रदेश नं. २ को प्रदेश सभा बैठकले प्रदेशको नाम मधेश प्रदेश र प्रदेश मुकाम÷राजधानी जनकपुर बनाउन सफल बताउनु भएको हो ।

साथै उहाँले प्रदेश २ को नाम मधेश र राजधानी जनकपुरधाम तोकिएको प्रति प्रदेशका सांसद तथा सम्पूर्ण प्रदेश बासिन्दालाई बधाई दिनु भएको छ ।