
सल्यान, माघ २९ । सल्यानको कपुरकोट गाउँपालिका–३, चोरखोलामा नेपाली सेनाको गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
घटनामा मेजरसहित ६ जना घाइते भएका छन् ।
सपूत गुल्मबाट बुटवल जाँदै गरेको लु१ग १२३ नम्बरको गाडी सडकबाट ३०० मिटर तल खसेको हो ।
नेपाली सेनाका मेजर ईश्वर सिलवालसहित सातजना सवार गाडी दुर्घटनामा जमदार यादवप्रसाद धरेलको मृत्यु भएको छ ।
घाइते चारजनालाई उपचारका लागि दाङ पठाइएको प्रहरीले जनाएको छ । घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ ।
गाडीमा हतियार र बम रहेकाले उद्धारमा केही समस्या भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्