सिंहदरबारमा बुस्टर डोज लगाउनेको भीड « Imagekhabar – Online News Portal of Nepal


सिंहदरबारमा बुस्टर डोज लगाउनेको भीड


871
Shares

काठमाडौं, माघ ४ । कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउने कार्यक्रम मंगलबार पनि जारी रह्यो ।

सोमबारदेखि काठमाडौंका विभिन्न खोप केन्द्रमार्फत् कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएकोमा मंगलबार पनि खोप लगाउने कार्यक्रम जारी रहेको हो ।

कोभिड–१९ विरुद्धको खोपको दुबै मात्रा लगाइसकेका अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर खोप दिइएको छ ।

खोप केन्द्रहरुमा खोप लगाउनेको भीड रहेको छ । सिंहदरबारमा कर्मचारीहरुका लागि सीसीएमसीको कार्यालय परिसरमा खोप दिने व्यवस्था मिलाइएको छ ।

सीसीएमसीको कार्यालय परिसरमा मंगलबार पनि बिहानदेखि खोप लगाउनेहरुको घुइँचो लागेको छ ।