सर्लाहीमा बस दुर्घटना, १७ जना घाइते « Imagekhabar – Online News Portal of Nepal


सर्लाहीमा बस दुर्घटना, १७ जना घाइते


1.248k
Shares

सर्लाही, माघ ४ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हरिवनमा यात्रुबस पल्टिएको छ ।

बस पल्टिदाँ १७ जना यात्रु घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ आइरहेको ना. ५ ख ५०५५ नम्बरको अग्नि यातायातको बस दिउँसो पौने ३ बजे हरिवन नगरपालिका–९, नोचामा पल्टिएको हो ।

बसमा सवार १७ जना घाइते भएको जसमध्ये १ जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको छ ।