काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक ठाकुर ज्ञवालीले पदभार सम्हालेका छन् ।
सर्वेन्द्र खनालले उमेर हदका कारण आज(बुधबार)बाट अनिवार्य अवकास पाएपछि सरकारले प्रहरी नायब महानिरीक्षक ज्ञवालीलाई महानिरीक्षक नियुक्त गरेको थियो ।
यसैबीच नवनियुक्त ज्ञवालीलाई आजै दज्र्यानी चिन्ह प्रदान गरिएको छ ।
गृह मन्त्रालयमा भएको कार्यक्रममा गृह सचिव महेश्वर न्यौपानेले आईजीपी ज्ञवालीलाई दज्र्यानी चिह्न प्रदान गरेका हुन् ।
नवनियुक्त आईजीपीलाई गृह सचिवले दज्र्यानी चिह्न प्रदान गर्ने परम्परा छ ।
यसैबीच नवनियुक्त महानिरीक्षक ज्ञवालीले प्रहरी संगठनमा भएका चुनौती सामना गरेर अघि बढ्ने बताए ।
उनले संगठनप्रति देखिएको अविस्वासलाई हल गदै लैजाने र समायोजनको समस्या समाधानको प्रयास गर्ने प्रतिवद्धतासमत व्यक्त गरे ।









प्रतिक्रिया दिनुहोस्