काठमाडौं । स्याङजाको लत्रेपिपलमा बृहत सास्कृतिक मेला हुने भएको छ ।
पुतलीबजार नगरपालिका वडा नं ३ लत्रेपिपलमा यहि फागुन फागुन ९ र १० गते ‘ तेस्रो लत्रेपीपल बृहत सास्कृतिक मेला’ हुने भएको छ । लत्रेपिपल क्लवद्धारा आयोजित महोत्सवको सम्पूर्ण तयारी पुरा भईसकेको छ ।
स्थानीय कलाकारलाई प्रोत्साहन गर्नु, आफ्नो मौलिक संस्कृती जोगाउनु र जर्गेना गरेर नेपाल भ्रमण बर्ष २०२० मा धेरै पर्यटकहरु स्याङ्जा भित्राउने आफूहरुको लक्ष्य रहेको क्लवका अध्यक्ष ध्रुव शर्माले जानकारी दिए ।
कार्यक्रममा चर्चित स्याङ्जाली लोकदोहोरी गायक पशुपति शर्मा, खुमन अधिकारी, घनश्याम रिजालसहित, बिशेषत आधुनिक गीतमा छुट्टै पहिचान बनाएका रमेशराज भट्टराई, गायिकाहरु सम्झना भण्डारी, सीता केसी, कमला गैह्रे, दोहोरीमा प्रख्यात इन्द्रेणी टिम, कमेडियन च्याम्पियनबाट चर्चामा आएका स्याङ्जाली कमेडीयन बिष्णु प्रसाद गौडेल ‘मेक्सम’ लगायतको दमदार प्रस्तुती रहने क्लवका सचिव मोती प्रसाद मरासिनीले जानकारी दिए ।
यसका अलवा कार्यक्रममा परम्परागत खेल ‘छेलो’ हान्ने प्रतियोगिता अर्को प्रमुख आकषर्णको रुपमा लिईएको छ । अहिलेको समयमा कतिपयले बिर्सिसकेको खेलमार्फत गाउँले परिवेश झल्काउने कार्यमा आफू र आफ्नो क्लव लागिरेको अध्यक्ष शर्माले बताए
कार्यक्रममा गण्डकी मेडिकल कजेलद्धारा निशुल्क स्वास्थ्य परिक्षणको समेत ब्यबस्था गरिएको छ भने, बिभिन्न सहयोगी तथा बिशेष ब्यक्तिलाई सम्मान एवं अभिनन्दन कार्यक्रम गरिने छ ।
बिएण्ड वि लेक भ्यू अपार्टमेन्ट तथा पृथ्वी इन्टरटेन्डमेन्ट तेस्रो लत्रेपिपल बृहत सास्कृतिक मेला २०७६ नामबाट संचालित मेलामा २० लाख १० हजारको आम्दानी गर्दे ७ लाख ८० हजार खर्च अनुमान प्रस्तुत गरिएको छ ।
मेलाबाट वचत रकम सोही वडामा रहेको टारीको भित्ता भन्ने स्थानमा रहेको करिब ४ रोपनी जग्गामा लत्रेपिपल बहुउदेश्यीय सामुदायिक भवन र कृषि उपज संकलन तथा बिक्री केन्द्र एवं हरियाली पार्क निर्माण गर्ने लक्ष्य राखिएको आयोकले जनाएको छ ।
पुतलीबजार नगरपालिका ३ ढडुवामा दुई दिन सम्म चल्ने बृहत सास्कृतिक कार्यक्रममा निः शुल्क गरिएको छ । जिल्लामा हुने अन्य महोत्सवहरुमा स्थानीयको ढाड सेक्ने गरी टिकट राख्ने गरिएपनि लत्रेपिपल क्लवले गरेको यो कार्यबाट अन्य क्लव तथा संघसंस्थाहरुले सिक्नुपर्ने स्थानीयहरुको ठहर छ । -गोविन्द मरासिनीबाट









प्रतिक्रिया दिनुहोस्