२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


प्रहरी प्रमुखमा नयाँ अनुहार आएपनि चुनौतीहरु एकै : नवनियुक्त महानिरीक्षक ज्ञवाली


0
Shares

काठमाडौं, माघ २८ । नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले प्रहरी प्रमुखमा नयाँ अनुहार आएपनि प्रहरीसामु रहेका चुनौतीहरु एकै भएको बताएका छन् ।

ईमेज च्यानलसँग कुरा गर्दै नवनियुक्त प्रहरी प्रमुख ज्ञवालीले चुनौतीहरुको डटेर सामना गर्ने प्रतिबद्धता जनाए ।

प्रहरी संगठनलाई बदनाम हुन नदिने र यसको साख जोगाइराख्न संगठनभित्र देखिएका कमी–कमजोरीलाई सच्चाउने उनको अठोट थियो ।

नवनियुक्त महानिरीक्षकले बुधबार बिहान पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।