काठमाडौं, माघ २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तिायारलगायतका संवैधानिक अंगमा सरकारले हस्तक्षेप र दबाब दिने मनसाय नराखेको दाबी गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९औं वार्षिक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा उनले अख्तियारको स्वतन्त्रतामाथि हस्तक्षेप नगरेको र पक्ष–विपक्षको कुरै नभएको जिकिर गरे ।
सार्वजनिक सम्पत्ति हडप्ने प्रवृतिबाट देश मुक्त हुनपर्ने भन्दै प्रधानमन्त्री ओलीले धर्मभीरु र अपराध नगर्ने नेपाली समाज भएपनि यदाकदा भ्रष्टाचार हुने गरेको बताए ।
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार नियन्त्रण र सुशासनमा कायम गर्न सबै एक हुनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले अख्तियारका उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत गरेकी थिइन् ।









प्रतिक्रिया दिनुहोस्