उद्योग परिसंघ र चेम्बरबाट अफगानिस्तानका लागि सहायता सामग्री हस्तान्तरण « Image Khabar


उद्योग परिसंघ र चेम्बरबाट अफगानिस्तानका लागि सहायता सामग्री हस्तान्तरण


533
Shares

काठमाडौं, पुस ३० । निजी क्षेत्रका संगठनहरु नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले अफगानिस्तानका लागि मानवीय सहायता सामग्री हस्तान्तरण गरेका छन् ।

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले परराष्ट्रमन्त्री डा नारायण खड्कालाई परिसंघको तर्फबाट करिब २३ लाखमूल्य बराबरको औषधी हस्तान्तरण गर्नुभएको हो ।

यसैगरी, चेम्वर अध्यक्ष राजेन्द्र मल्लले पनि चेम्वरको तर्फबाट मानवीय सहयोगार्थ करिव २० लाखमूल्य वरावरको राहत सामाग्रीहरु मन्त्री डा. खडकालाइै नै हस्तान्तरण गर्नुभयो ।