६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


काबुलमा बम विस्फोट, पाँच व्यक्तिको मृत्यु


0
Shares

काबुल, माघ २८ । अफगानिस्तानको राजधानी काबुलमा मंगलबार बिहान एउटा आत्मघाती आक्रमणमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

हालसम्म कुनै समूहले यस आक्रमणको जिम्मा लिएको छैन ।

स्थानीय समयानुसार मंगलबार बिहान ८ बजेतिर सो विस्फोट भएको जनाइएको छ ।

यस विस्फोटमा दुई सर्वसाधारण नागरिक र तीन सैनिकसहित पाँचजनाको मृत्यु भएको छ ।

आक्रमणमा परी अन्य  १२ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता नसरत रहिमीले बताएका छन् ।

गृह मन्त्रालयले मृतकको संख्या पुष्टि गरेको छ । तर, गृह मन्त्रालयले घाइते संख्या भने ६ मात्र भएको बताएको थियो ।

‘यो एउटा ठूलो विस्फोट हो, जसले हाम्रो घरलाई हल्लायो । हामीले पछि गोलीबारीको आवाज सुन्यौं । एम्बुलेन्सहरु तुरुन्तै त्यस इलाकामा पुगेर उद्धारको काम थालेका छन्’–एकजना स्थानीय समीउल्लाहले एएफपीलाई बताएका छन् ।

हालैका हप्ताहरूमा तालिबानले अमेरिकासँग वार्ताको लागि भन्दै प्रमुख सहरी केन्द्रहरुमाथि आक्रमण गरेको अस्वीकार गर्दै आएका भए तापनि कैयौं प्रान्तमा हिंसा जारी रहेको छ । रासस/एएफपी