नागार्जुनको फिल्म ‘द घोस्ट’ बाट बाहिरिइन् ज्याकलिन « Imagekhabar – Online News Portal of Nepal
२० आश्विन २०७९, बिहीबार | Thu Oct 6 2022


नागार्जुनको फिल्म ‘द घोस्ट’ बाट बाहिरिइन् ज्याकलिन


2.665k
Shares

काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज सन् २०२१ मा धेरै विवादमा मुछिएकी थिइन् । तर, २०२२ का अब आउने दिनहरु पनि उनका लागी खासै सहज नहुने देखिएको छ ।

ठग सुकेश चन्द्रशेखरसँग विवादित बनेको केहि दिनपछि उनको आमालाई हृदयघात भयो । त्यसपछि उनको व्यक्तिगत तस्वीरहरु सामाजिक सञ्जालमा रातारात भाइरल भएपछि उनी चर्को आलोचनामा परेकी छिन् ।

भारतीय सञ्चार माध्यामका अनुसार उनी तामिल सुपरस्टार अक्किनेनी नागार्जुनको फिल्म ‘द घोस्ट’ बाट बाहिरिएकी छिन् । तर, उनले आफ्नो नाम फिल्मबाट हटाउनुको कारण अहिलेसम्म खुलाएकी छैनन् ।

सुकेश चंन्द्रसशेखरसँगको विवादका कारण उनको फिल्मबाट नाम हटाएको भन्ने अनुमान गर्न सकिन्छ ।