५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


उत्तर कोरिया र रुसी अधिकारीमाथि अमेरिकाले गर्‍यो प्रतिबन्ध


0
Shares

काठमाडौं, पुस २९ । अमेरिकाले उत्तर कोरियाली तथा रुसी अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको छ ।

उत्तर कोरियाको ब्यालेस्टिक मिसाइल कार्यक्रमलाई लिएर यो प्रतिबन्ध लगाइएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । गत साता उत्तर कोरियाले दुईवटा मिसाइल परीक्षण गरेको थियो ।

यो कदम उत्तर कोरियाको हतियार विकासलाई प्रतिकार गर्न अमेरिकी कारवाहीको एक अंश भएको उसको भनाई छ । उत्तर कोरियाले आम विनाशकारी र ब्यालेस्टिक मिसाइल कार्यक्रम सञ्चालन गर्दै आएको अमेरिकाले जनाएको छ ।

उत्तर कोरियाको पछिल्लो मिसाइल प्रक्षेपण यो मुलुकको हतियार विकासको अर्को प्रमाण भएको भन्दै अमेरिकाले अन्तर्राष्ट्रिय समुदायको कुटनीति र परमाणु निशस्त्रीकरणका आह्वानका बावजुद उसमाथि प्रतिबन्धात्मक कार्यक्रमलाई निरन्तरता दिइने बताएको छ ।