नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रत्येक नागरिकले आप्mनै टोलमा सिंहदरबारको अधिकार प्राप्त गर्न सक्ने वातावरण बनिरहेको दाबी गरेका छन् ।
नुवाकोटको किस्पाङ गाँउपालिकामा रहेको एैसेलुभूमे माध्यमिक बिद्यालयको नावनिर्मित भवनको सोमबार उद्घाटन गर्दै उनले सिंहदरबारमा केन्द्रीत अधिकारलाई गाउँगाउँमा पुर्याउने गरी काम भइरहेको बताए ।
कार्यक्रममा उर्जामन्त्री बर्षमान पुनले समृद्धिका लागि भौतिक र मानविय पूर्वाधारको बिकास हुनुपर्ने बताए ।
त्रिशुली नदीलाई जलबिद्युतको हबको रुपमा बिकास गरिने उनको भनाइ थियो ।
नेकपा अध्यक्ष दाहालले आजै नुवाकोटको तुप्चेमा आफ्ना तत्कालीन माओवादी नेता स्वर्गीय पोष्टबहादुर बोगटीको शालिकको अनावरण पनि गरे ।









प्रतिक्रिया दिनुहोस्