सिंहदरबार प्रवेशमा कडाइ, पास खारेज « Image Khabar


सिंहदरबार प्रवेशमा कडाइ, पास खारेज


312
Shares

काठमाडौं । कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गएपछि गृह मन्त्रालयले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै यसअघि जारी गरिएका सबै प्रकारका स्थायी र अस्थायी पास खारेज गर्दै सिंहदरबार प्रवेशमा कडाइ गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी सूचनामा हालसम्म सबै मन्त्रालय, निकाय, सचिवालय, आयोगले जारी गरेका स्थायी र अस्थायी पास तथा परिचयपत्र खारेज गरिएको उल्लेख छ । मन्त्रालयले नयाँ स्थायी, अस्थायी पास, अस्थायी परिचयपत्र जारी गर्नुपरेमा आवश्यकता हेरी सम्बन्धित निकायको सिफारिसमा गृह मन्त्रालयको पूर्वसहमति लिई सम्बन्धित निकायबाटै जारी गरिनेसमेत भनेको छ ।

तर, सरसफाइसँग सम्बन्धित व्यक्तिहरूको हकमा पूर्वजारी भएका पास र अस्थायी परिचयपत्रबाटै नै प्रवेश दिने सूचनामा उल्लेख छ । यसैगरी, पत्रकारहरूका लागि पनि सूचना विभागद्वारा जारी प्रेस पासका आधारमा प्रवेश दिइने सूचनामा उल्लेख छ ।

राजधानी