Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


डा. शेखरले भने, ‘चीनको हुपै प्रान्तमा रहेका १८१ नेपालीलाई तुरुन्त स्वदेश फर्काउ’


0
Shares

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले चीनको हुपै प्रान्तमा रहेका १८१ नेपालीलाई स्वदेश फर्काउन सरकारसँग माग गरेका छन् ।

कोइरालाले समाजिक सञ्जालमा लेख्दै  संक्रमणको त्रासले हप्तौंदेखि कोठाभित्र निसास्सिएका आफ्ना नागरिकलाई तुरुन्त स्वदेश फर्काउन सरकारसँग माग गरेका हुन् ।

कोरोना भाइरसबाट जोगिन संघर्षरत उनीहरुले घर फर्कन सरकार गुहारेको र परिवारको ब्याकुलताका समाचारले आफूलाई दुखी बनाएको उनले लेखेका छन् ।

उनले सरकार संवेदनशील नभएकोप्रति आपति जनाउँदै आफ्ना नागरिकलाई राज्यको अनुभुति दिलाउन पहल गर्न पनि सरकारसँग आग्रह गरेका छन् ।