४ असार २०८२, बुधबार | Wed Jun 18 2025


कर्णाली प्रदेशसभाको नवौं अधिवेशन आह्वान


26
Shares

काठमाडौं । कर्णाली प्रदेशसभाको नवौं अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले प्रदेश सरकारको निर्णयबमोजिम नेपालको संविधान धारा १८३ (१) बमोजिम प्रदेशसभा अधिवेशन भोलि पुस २८ गते आह्वान गरेका हुन् ।

प्रदेशसभा बैठक पुस २८ गते बुधबार दिउँसो ३ बजे बोलाइएको प्रदेशसभा सचिवालयका कानुन अधिकृत मदन खड्काले जानकारी दिनुभयो ।

उहाँ अनुसार कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियम ३ को उपनियम ३ बमोजिम प्रदेशसभा सदस्यलाई सूचना गरिएको छ ।

यसअघि, गत मंसिर १४ गते मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनार्थ प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको थियो ।