इलाका प्रशासन कार्यालय प्रमुख विहिन « Image Khabar


इलाका प्रशासन कार्यालय प्रमुख विहिन


611
Shares

बर्दिया । बर्दियाको राजापुरमा रहेको इलाका प्रशासन कार्यालय प्रमुख विहिन बनेको छ । यहि पुस १६ गते कार्यालय प्रमुख नायब सुब्बाको जिल्ला प्रशासन कार्यालयमा सरुवा भएर गएपछि राजापुर इलाका प्रशासन कार्यालय प्रमुख विहिन भएको हो ।

कार्यालय प्रमुख बिहिन बन्दा राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका स्थानीयहरु मर्कामा परेका छ्न । राजापुर इलाका प्रशासन कार्यालय प्रमुख विहिन हुँदा नेपाली नागरिकताको प्रमाण पत्र, राहदानी, जाति जनजाति प्रमााणित, विभिन्न प्रयोजनका सिफारिसहरु लगायत इलाका प्रशासन कार्यालयबाट पाउने सेवाबाट स्थानीय बञ्चित भएका छन् ।

कर्मचारी नभएर सेवा दिन समस्या भएको गुनासोे आएपछि जिल्ला प्रशासन कार्यालयले हप्तामा २ दिन सोमबार र बुधबार नायबसुब्बा वा खरिदार स्तरको कर्मचारीबाट सेवा प्रदान गरिहेको प्रमुख जिल्ला अधिकारी सन्त वहादुर सुनारले जानकारी दिनुभयो ।

मन्त्रालयमा दरबन्दी अनुुसारका कर्मचारी पठाउन पटक–पटक आग्रह गर्दासमेत सुनुवाई नभएको प्रजिअ सुनारको गुनासो छ ।

विगत २०७३ साल देखि नायब सुब्बा कै भरमा चलेको राजापुर प्रशासनमा एक जना अधिकृत, ३ जना नायब सुब्बा, एक जना सह–लेखापाल, एक जना कम्प्युटर अपरेटर र २ जना कार्यालय सहयोगीको दरबन्दी रहेपनि अहिले एक जना कम्प्युटर अपरेटर र २ जना कार्यालय सहयोगीको भरमा कार्यालय चलिरहेको छ ।