Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


राष्ट्र बैैंकको मार्ग दर्शनमा उद्योग संगठन मोरङको आपत्ति


39
Shares

काठमाडौं, पुस २६ । नेपाल राष्ट्र बैैंकले तयार पारेको चालु पूँजी कर्जा सम्बन्धी मार्ग दर्शन, २०७८ को मस्यौदामा उद्योग संगठन मोरङले आपत्ति जनाएको छ ।

केन्द्रीय बैंकले चालु पूँजी कर्जाको सिमा बार्षिक कारोबारको २० प्रतिशत सम्म मात्र रहने गरि तयार गरेको मस्यौदा उत्पादनमुलक उद्योगहरुका लागी व्यवहारिक नभएकोले उक्त व्यवस्था संशोधन गर्नु पर्ने रायसहित सोमबार राष्ट्र बैंकलाई पत्र लेख्दै सुझाव पठाइएको संगठनका अध्यक्ष सुयश प्याकुरेलले बताउनुभयो ।

उत्पादनमुलक क्षेत्रको हकमा कुनै पनि किसिमको चालु पूँजी कर्जाको सिमा तोकिनु नहुने उसको माग छ । यस प्रकारको नियन्त्रणले उत्पादनमुलक उद्योगहरु उठ्नै नसक्ने गरि थला पर्ने निश्चित भएको संगठनको ठहर छ ।

राष्ट्र बैंकले सुक्ष्म निगरानीमा राखी पूँजी पलायन गर्न गराउन खोज्नेलाई कार्बाहीको दायरामा ल्याउनु पर्ने उसको सुझाब छ । तर उत्पादनमुलक क्षेत्रको हकमा कुनै पनि किसिमको चालूपूँजी कर्जाको सिमा नतोक्न संगठनले केन्द्रीय बैंकको ध्यानाकर्षण गरेको छ ।