२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


थाइल्याण्डमा एक सैनिकले गोली चलाउँदा मृत्यु हुनेको संख्या २६ (अपडेट)


0
Shares

काठमाडौं, माघ २६ । थाइल्याण्डको उत्तर पूर्वी क्षेत्रस्थित नाखोन शहरमा एक सैनिकले गोली चलाउँद मृत्यु हुनेको संख्या २६ पुग्यो ।

सपिङ सेन्टर र बुद्धिष्ट मन्दिर नजिक भएको गोली काण्डमा दर्जनौ घाइते भएका छन् ।

आफू कार्यरत ब्यारेकबाट हतियार र गोली लिनुअघि ती सैनिकले आफ्ना कमान्डिङ अफिसरलाई गोली हानेको रक्षा मन्त्रालयले दावी गरेको छ ।

त्यसलगत्तै सपिङ सेन्टरमा पनि उनले जथाभावी गोली प्रहार गरेका थिए । प्रहरीले लामो प्रयासपछि आक्रमणकारीलाई नियन्त्रणमा लिने क्रममा गोली प्रहार गर्दा उनको पनि मृत्यु भएको छ । (एजेन्सी)