२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


पर्वतमा बसको ठक्करबाट एक व्यक्तिको मृत्यु


0
Shares

लक्ष्मीप्रसाद सापकोटा (इमेज)

पर्वत, माघ २६ । पर्वतमा बसको ठक्करबाट एकजना व्यक्तिको मृत्यु भएको छ ।

ग१ख ७००३ नम्बरको बसको ठक्करबाट पर्वतको मोदी गाउँपालिका–४, लेस्पारका ३४ वर्षीय डिलबहादुर पुनको मृत्यु भएको हो । 

सदरमुकाम कुश्माबजारस्थित शिवालयचोकमा बाटोमा हिँडिरहेका उनलाई बसले ठक्कर दिएको थियो ।

आइतबार दिउँसो साढे १२ बजेतिर बसको ठक्करबाट पुन गम्भीर घाइते भएका थिए । उपचारका लागि जिल्ला अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

बस मुस्ताङदेखि पोखराका लागि हिँडेको थियो ।

ठक्कर दिने बसका चालक र बस प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए ।

मृतक पुनको शव ‘पोस्टमार्टम’पछि परिवारलाई बुझाइने जनाइएको छ ।