Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


सगरमाथा संवादको मुख्य एजेण्डा के ?


0
Shares

काठमाडौं । सरकारले सगरमाथा संवादमा उठाउने एजेण्डाहरु तय गर्न छलफल थालेको छ ।

आइतबार काठमाडौंमा सगरमाथा राष्ट्रिय संवाद २०२० आयोजना गरी सरकारले जलवायु परिवर्तनले पारेको प्रभाव र हिमाल जोगाउने विषयमा छलफल गरेको हो ।

कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले जलवायु परिवर्तनले निकै नकारात्मक प्रभाव पारेको भन्दै यसको न्युनिकरणका लागि अभियान थाल्नुपर्ने बताए ।

उनले अन्तर्राष्ट्रिय सम्मेलन नै गरेर नेपालले जलवायु परिवर्तनबाट परेको प्रभावतर्फ विश्वलाई ध्यानाकर्षण गराउन खोजिएको बताए ।

उनले भौतिक पूर्वाधार निर्माणका नाममा जथाभावी डोजर चलाइँदा पनि जलवायु परिवर्तन भएको भन्दै यसलाई नियन्त्रण गर्नुपर्ने बताए ।

कार्यक्रममा सगमाथा संवादबारे प्रष्ट पार्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सगरमाथा संवाद हिमाल बचाउने अभियान रहेको बताए ।

उनले विश्वलाई जलवायु परिवर्तनको असरबारे जानकारी गराउँदै कार्बन उत्सर्जन नियन्त्रण तथा जलवायु परिवर्तनका कारकहरुको नियन्त्रणमा ध्यानाकर्षण गर्न खोजिएको उल्लेख गरे ।

कार्यक्रममा जलवायु परिवर्तन, हिमालयका संंरक्षण तथा यसको भविष्यबारे छलफल हुनेछ ।