नुवाकोट, माघ २५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले वाग्मती प्रदेशको नाम र राजधानी तोक्न आफूहरुले सहजीकरणमात्रै गरेको दाबी गरेका छन् ।
शनिबार नुवाकोटमा आयोजित प्रथम पञ्चकन्या चेयरमेन भलिबल प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष दाहालले नेकपाको प्रदेश कमिटी र प्रदेश सरकारको अनुरोधमा पार्टी केन्द्रले नाम र राजधानीका विषयमा सहजीकरणमात्रै गरेको स्पष्ट पारे ।
आफूहरुको चाहना प्रदेशले आफैंले तोकोस् भन्ने रहे पनि प्रदेशले ‘जटिल भयो, टुंगाइदिनुपर्यो’ भनेपछि सहजीकरण गरिदिएको उनको भनाइ थियो ।
केन्द्रको राजधानी सार्ने विषयमासमेत छलफल भइरहेकाले आवश्यकताअनुसार प्रदेशको राजधानी पनि सार्न सकिने अध्यक्ष दाहालले बताए ।
नुवाकोटका जनताको भावना कदर गर्ने भन्दै उनले संशोधन गर्न सकिने विकल्प पनि कायमै रहेको उल्लेख गरे ।









प्रतिक्रिया दिनुहोस्