Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


विवेकशीलद्वारा ललिता निवासअगाडि विरोध प्रदर्शन


0
Shares

काठमाडौं, माघ २५ । विवेकशील नेपाली दलले शनिबार बालुवाटारस्थित ललिता निवासअगाडि विरोध प्रदर्शन गरेको छ ।

‘भ्रष्टाचारीलाई रेड कार्ड’ अभियानअन्तर्गत् सो पार्टीले ललिता निवास पुगेका विवेकशील नेपाली दलका रञ्जु दर्शनासहित ११ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको निर्णय पक्षपातपूर्ण भएको भन्दै अभियान नै चलाइ सो पार्टीले विरोध प्रदर्शन गरेको हो ।

यसअघि, शुक्रबार साझा पार्टीले पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगअघिल्तिर सिठी बजाएर विरोध गरेको थियो ।