१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024


दाङमा चट्याङ लागेर तीनजनाको मृत्यु


0
Shares

दाङ, माघ २५ । दाङमा चट्याङ लागेर शनिबार तीनजनाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–७, नवलपुर निवासी गीता चौधरीको घरमा चट्याङ पर्दा उनकी ७ वर्षीया छोरी सृष्टि चौधरी र स्थानीय ५४ वर्षीया लक्ष्मी आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर घाइते भएका दुवैजनाको उपचारका क्रममा राप्ती लाइफकेयर हस्पिटल तुलसीपुरमा मृत्यु भएको हो ।

चट्याङले घरमा पनि क्षति पुर्‍याएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

यसैगरी, घोराही उपमहानगरपालिका–११, हापुरका सूर्यबहादुर पुरीका ८ वर्षीय छोरा ताराबहादुर पुरीको चट्याङ लागेर मृत्यु भएको छ ।

घरको आँगनमा खेलिरहेको अवस्थामा चट्याङ लागेका उनको अस्पताल लैजानेक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।