१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


केटीएम रन प्रतियोगिता माघ १५ गते


91
Shares

काठमाडौं, पुस २३ । सर्वाधिक पुरस्कार राशी भएको पहिलो संस्करणको केटीएम रन प्रतियोगिता माघको तेस्रो साता आयोजना हुने भएको छ ।

आयोजक शेर्पा आउटडोरको केटीएम सिटीले शुक्रबार पत्रकार सम्मेलन गर्दै केटीएम रन माघ १५ गते आयोजना हुने जानकारी गराएको छ ।

केटीएम रन १० किलोमिटरको हुने आयोजक केटीएम सिटीले जनाएको छ । केटीएम रन पुरुष र महिला गरि दुई स्पर्धामा आयोजना हुनेछ । प्रतियोगिताको पुरस्कार पुरुष तथा महिलामा समान राशी रहेको छ ।

केटीएम रनको विजेताले ट्रफीसहित समान १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यो पुरस्कार १० किलोमिटर स्पर्धामा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको हो ।

यस्तै, दोस्रो हुने दुवै स्पर्धाका खेलाडीले समान ५० हजार, तेस्रोले ३० हजार, चौथों हुनेले २० हजार, पाँचौं हुनेले १० हजार, छैटौं हुनेले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सातौंदेखि दशौं स्थान प्राप्त गर्ने खेलाडीलाई गिफ्ट भौचर प्रदान गरिने आयोजकले जनाएको छ ।