
रसुवा, साउन २१ । रसुवाको गोसाइँकुन्ड गाउँपालिका–२ मा रहेको घट्टेखोलाको पुलको मर्मतकार्य सोमबारदेखि सुरु भएको छ ।
१० दिनअघि अविरल वर्षासँगै आएको बाढीले पुलको पिलारका दुवैतर्फको भागमा क्षति पुर्याएपछि पुलको मर्मतकार्य सडक डिभिजन कार्यालयले सुरु गरेको हो ।
दुवैतर्फका पिल्लरको भागमा टेवा पर्खाल तथा पिलर राख्न करिब १५ दिन लाग्ने सडक डिभिजन कार्यालय नुवाकोटले जनाएको छ ।
पिलर कमजोर भएपछि सवारी–साधन सन्चालन गर्दा उच्च जोखिम भएकाले १० दिनदेखि साना तथा ठूला सवारी सन्चालनमा रोक लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस्