राष्ट्रिय सभाको बैठक सर्‍यो, पुस २७ गते बस्ने « Imagekhabar – Online News Portal of Nepal
११ असार २०७९, शनिबार | Sat Jun 25 2022


राष्ट्रिय सभाको बैठक सर्‍यो, पुस २७ गते बस्ने


52
Shares

काठमाडौं, पुष २३ । राष्ट्रिय सभाको बैठक पुस २७ गते बस्ने भएको छ ।

पुष २५ गते आइतबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको सङ्घीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक विशेष कारणवश त्यस दिन नहुने भएको छ ।

बैठक यही पुस २७ गते मङ्गलवार दिउँसो १ बजे बस्ने गरी पुनः निर्धारण गरिएको संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रिय सभा नियमावली २०७५ को नियम (६) बमोजिम राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यो बैठक निर्धारण गर्नुभएको हो ।