Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


तरलता अभावले उद्योगीहरुले कामै गर्न नसक्ने अवस्था सृजना भयो : उपाध्यक्ष श्रेष्ठ


910
Shares

काठमाडौं, पुष २२ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले पछिल्लो समय वित्तीय प्रणालीमा तरलता अभावले उद्योगीहरुले कामै गर्न नसक्ने अवस्था सृजना भएको बताउनु भएको छ ।

उपाध्यक्ष श्रेष्ठले तरलता अभावका कारण उद्योगी व्यवसायीलाई बजारबाट पैसा उठाएर सामान पठाउनलाई उत्पादन लागत उच्च रुपमा बढेको बताउनुभयो । उहाँले नेपाली व्यवसायीलाई विश्वास गरेर विदेशीले उधारोमा सामान पठाउने गरेता पनि भन्सारमा समस्या रहेको बताउनुभयो । यसरी नेपालमा सामान आउँदा नेपालको आपूर्तिलाई समेत चलायमान र सहज बनाउने गरेको श्रेष्ठले बताउनुभयो ।

त्यस्तै उपाध्यक्ष श्रेष्ठले बजारमा तरलताको चरम अभाव रहेका बेला नै राष्ट्र बैंकले व्यवसायीलाई समस्या पर्ने गरी सामान आयातमा कडाइ गरी शतप्रतिशत बैंकमा मार्जिन राख्नु पर्ने व्यवस्था गर्नु गलत भएको पनि बताउनुभयो ।

श्रेष्ठले सरकारले भएको बजेट समयमा खर्च गर्न सके मात्रै लक्ष्य अनुसारको आर्थिक वृद्धिदर पुग्न सक्ने बताउनुभयो । अहिले कै स्थितिमा भने लक्ष्य हासिल हुनै नसक्ने उहाँले ठोकुवा गर्नुभयो ।