बतास समूहमा संलग्नाता नभएको आरजुको दाबी « Image Khabar


बतास समूहमा संलग्नाता नभएको आरजुको दाबी


1.196k
Shares


काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा (देउवा)ले नारायण हिटी दरबार संग्रहालयमा रेष्टुरेष्टु संचालन गर्न खोजेको बतास समूहसंग आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्नुभएको छ ।
रेस्टुरेन्ट संचालनका लागि ०७७ पुस १७ गते नारायणहिटी संग्रहालयका कार्यकारी निर्देशक र पोखराको बतास समूहको बी म्यानेजमेन्टलाई तीन वर्षका लागि ठेक्का दिने सम्झौता भएको थियो । बतासलाई लाभ पुग्ने गरी प्रक्रिया मिलाएर ठेक्का दिइएको विवाद बाहिरिएपछि पर्यटन मन्त्रालयले सो ठेक्का तत्काल रोक्न गत मंगलबार निर्देशन दिएको थियो । बतास समूहमा आरजुको पनि नाम जोडिएर आएपछि उहाँले आफू बतास समूहमा संलग्न नरहेको स्पस्ट पार्नुभएको हो ।
उहाँले समाजिक संजालमार्फत भन्नुभएको छ –‘संचार माध्यमहरुमा विभिन्न संघ संस्थाहरुमा मेरो संग्लनता भएको भनेर समाचारहरु आएकोमा मेरो ध्यानाकर्षण भएको छ, तल उल्लेखित संस्थाहरु बाहेक अरु कुनै पनि संस्थाहरुमा सल्लाहकार अथवा अन्य कुनै पदमा मेरो संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु ।’
१. ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक), नेपाल, Rural Women’s Development and Unity Centre (RUWDUC)
(संस्थापक अध्यक्ष तथा सल्लाहकार)
२. साथी, नेपाल (संस्थापक, पूर्व अध्यक्ष तथा सल्लाहकार)
३. सुरक्षित मातृत्व संजाल महासंघ ( संस्थापक एवं वर्तमान अध्यक्ष)
४. नामी (अध्यक्ष)
५. उल्लेन्स स्कुल (अध्यक्ष, बिद्यालय व्यवस्थापन समिति)
६. Blood Donors association of Nepal BLODAN (संरक्षक)
डा. आरजु राणा देउवा
केन्द्रीय सदस्य, नेपाली काँग्रेस