Logo १ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026


तानसेन नगरपालिकाद्वारा नेपालमै पहिलो पटक ब्रेललिपीमा बजेट सार्वजनिक


143
Shares

पाल्पा । तानसेन नगरपालिकाले आफ्नो आर्थिक वर्ष २०७८/०७९ को वार्षिक बजेट, नगर विकास योजना तथा आर्थिक ऐन २०७८ र विनियोजन ऐन २०७८ ब्रेललिपीमा प्रकाशित गरेको छ ।

तानसेन नगरपालिका नेपालमै पहिलो पटक ब्रेललिपीमा बजेट पुस्तिका सार्वजनिक गर्ने पालिका भएको छ । ब्रेललिपी बजेटको नेपाल नेत्रहीन संघ पाल्पाका अध्यक्ष केशव अधिकारीले सार्वजनिक गर्नुभयो ।

प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सरकार तथा स्थानीय सरकारले समेत ब्रेललिपीमा बजेट पुस्तिका सार्वजनिक गर्ने प्रचलन नभएको समयमा तानसेन नगरपालिकाले दृष्टिविहीन फरक क्षमता भएका व्यक्तिलाई लक्षित गरी वार्षिक बजेट पुस्तिका सार्वजनिक गरेको हो ।

ब्रेललिपीमा प्रकाशित वार्षिक बजेट कार्यक्रममा सहभागी दृष्टिविहीनहरुले अब आफ्नै अक्षरमा तानसेन नगरपालिकाको बजेट पढन पाउँदा खुशी लागेको बताएका छन् ।

Skip This