काराबाओ कप फुटबलमा चेल्सीद्वारा टोटनह्याम पराजित, लिभरपुल र आर्सनलको खेल कोभिडले रद्द « Image Khabar


काराबाओ कप फुटबलमा चेल्सीद्वारा टोटनह्याम पराजित, लिभरपुल र आर्सनलको खेल कोभिडले रद्द


117
Shares

काठमाडौं । इंग्लिस लिग कप अर्थात काराबाओ कप फुटबल प्रतियोगितामा चेल्सीले टोटनह्याम हट्सपरलाई पराजित गरेको छ । गएरति आफ्नै मैदानमा भएको सेमिफाइनल पहिलो लेगको खेलमा चेल्सी २–० ले विजयी भयो ।

चेल्सीका लागि काई हाभर्टजले पहिलो गोल गर्दा टोटनह्यामका बेन डेभिजले एक आत्माघाति गोल गरे ।

खेलको पाँचौ मिनेटमा हाभर्टजको गोलमा चेल्सीले सुरुवाती अग्रता लिएको थियो । यसैगरी, ३४ औं मिनेटमा डेभिजले आत्मघाती गोल गरेपछि चेल्सीले २–० ले विजयी भयो ।

पहिलो लेगमा हात पारेको जितसँगै चेल्सीले फाइनल पुग्ने संभावना बलियो पारेको छ । अब दोस्रो लेग टोटेनहमको मैदानमा १२ जनवरीमा हुनेछ ।

टोटनह्याम हट्सपर भने दोस्रो लेगपूर्व दबाबमा आएको छ । काराबाओ कपकै दोस्रो सेमिफाइनल खेल भने कोभिडका कारण पोस्टपोन्ड गरिएको छ । लिभरपुलका केही खेलाडी तथा अफिसियलहरुमा संक्रमण देखिएपछि आर्सनलविरुद्धको खेल पछि सारिएको हो ।