बिग बासमा सन्दीपको उत्कृष्ट बलिङ « Image Khabar


बिग बासमा सन्दीपको उत्कृष्ट बलिङ


1.547k
Shares

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बिग बास लिग अन्र्तगत एडिलेड स्ट्राइकर्सविरुद्ध उत्कृष्ट बलिङ गरेका छन् ।

होबार्ट हरिकेन्समा आवद्द सन्दीपले ४ ओभर बलिङ गर्दै २२ रन खर्चिएर २ विकेट लिए । सन्दीपको उत्कृष्ट बलिङका बाबजुत होबार्ट स्ट्राइकर्ससँग ७ विकेटले पराजित भएको छ । होबार्टले दिएको १ सय २७ रनको लक्ष्य एडिलेडले १५ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

एडिलेडको जितमा म्याथ्यु सर्टले अविजित रहदै ७२ रन जोडे । यसअघि पहिले ब्याटिङ गरेको होबार्टले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय २६ रन जोडेको थियो । होबार्टका लागि डी आर्ची सर्टले ३२ रन जोड्दा टिम डाभिडले २८ रन बनाए ।

ब्याटिङ तर्फ सन्दीप २ रनमा आउट भए । यस हारसँगै होबार्ट ९ खेलमा १७ अंक जोडेर चौंथो स्थानमा रहेको छ । १३ अंक जोडेको एडिलेड छैटौं स्थानमा छ । जारी लिगको ९ खेलमा सन्दस्पले ८ विकेट लिएका छन् । उनी चार खेलमा विकेट बिहीन भएका थिए ।