२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


पाल्पा अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द


1.768k
Shares

काठमाडौं । जिल्ला अस्पताल पाल्पामा आकस्मिक बाहेकका सबै सेवा बन्द भएका छन् । अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण भएपछि अत्यावश्यक बाहेकको सेवा बन्द भएको हो ।

निमित्त मेडिलकल सुपरिटेन्डेण्टसहित १० कर्मचारीको पिसीआर परिक्षण गर्दा नौ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पतालले सूचना जारी गर्दै सुत्केरी सेवा, ल्याब, सुरक्षित गर्भपतन र सिफारिसबाहेकका सेवा पूर्ण रूपमा बन्द गरिएको जनाएको छ ।

मेडिकल सुपरिडेन्टेण्ट, ६ जना मेडिकल अधिकृत, एक डेन्टल सर्जन, एक पारामेडिक्स र एक जना ल्याब टेक्निसियनमा कोरोना पुष्टि भएको हो ।