Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


नेकपा नेतालाई उन्मुक्ति दिएको विरोधमा काँग्रेस भ्रातृ संस्थाहरुले आज प्रदर्शन गर्ने


0
Shares

काठमाडौं । नेपाली काँग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाहरुले आज विरोध प्रदर्शन गर्ने भएका छन् ।

ललिता निवास जग्गा प्रकरणमा बदनियतपुर्ण तवरले राजनैनिक आस्थाका आधारमा नेकपा नेताहरुलाई उन्मुक्ति दिएको र अन्यलाई फसाएको विरोधमा संस्थाहरुले विरोध प्रदर्शन गर्न लागेको हुन् ।

आज दिउँसो १२ः ३० बजे माइतीघर मण्डलामा विरोध पदर्शनको कार्यक्रम रहेको नेविसंघ महामन्त्री उर्मिला थपलियाले जानकारी दिइन् ।

“कानुन सबैका लागि समान हुन् कानुनको आँखा छोपेर गरिएका निर्णयहरु हामीलाई स्विकार्य हुदैंन त्यसको विरोधमा हाम्रो विरोध प्रदर्शन हो” महामन्त्री थपलियाले भनिन् ।

विरोध प्रदर्शनमा सम्पुर्ण भ्रातृ तथा शुभेच्छुक संस्थाहरुको उपस्थिति रहने बताइएको छ ।

ललिता निवास जग्गा प्रकरणमा प्रतिशोधपुर्ण तरिकाले पार्टी उपसभापति तथा सांसद विजयकुमार गच्छदार लगायतलाई मुद्दा चलाइएको र तत्कालीन निर्णय गर्ने समयमा प्रधानमन्त्री हुने र जग्गा किन्ने मान्छेलाई उन्मुक्ति दिएकोप्रति काँग्रेसले विरोध गर्दै आएको छ ।