२५ कार्तिक २०८१, आइतबार | Mon Nov 11 2024


राष्ट्रियसभा सदस्य निर्वाचन : आज उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम


195
Shares

काठमाडौंः यहि माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम रहेको छ ।

बिहान १० देखि दिउँसो ४ बजेसम्म उम्मेदवारको विरोधमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिने कार्यक्रम रहेको छ ।

१९ जना राष्ट्रिय सभा सदस्यको लागि मंगलबार विभिन्न पार्टीका ४३ उम्मेदवारले मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

यस्तै, विरोधमा उजुरी दिने, पुस २२ र २३ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, पुस २३ गते नै उम्मेदवारको नामावली प्रकाशन गर्ने, पुस २४ गते उम्मेदवारले नाम फिर्ता लिने र पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगको निर्वाचन तालिका छ ।